Monday , January 24 2022
Breaking News
Home / समाचार / मनोज गजुरेलले विवाह त गरे, तर…

मनोज गजुरेलले विवाह त गरे, तर…

काठमाडौ। चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अघिल्लो हप्ता दोश्रो विवाह गरे। विवाहको खुशी साँट्न नपाउँदै उनीमाथि ठूलो बज्रपात आइलागेको छ। उनले आफ्नो मामा घरका भाई गुमाएका छन्। लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको यो स्टाटसले सबैलाई भावविह्वल बनाएको छ।

यस्तो छ गजुरेलको फेसबुक स्टाटसः प्यारो भाइ विवेक तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व ९आत्मा०को अनन्तयात्रा मङ्गलय बनोस्। यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य ह।

तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ। उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ, ‘५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन।

नभन्दै सानैदेखि संघर्ष गर्यौ। माईजुको बाँच्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ। आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ। ‘तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पीडा छोडेर गयौ भाइ।

माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ! दिदीहरुलाई के बितिरहेको होला ! मामा सानिमाहरु दुःखको कत्रो पोखरीमा डुबेका होलान् ! हामी अत्यन्तै मर्माहत भएका छौँ कान्छा !

हाम्रा बुबा बितेपछि आमाले हामीलाई मावली गाउँमा गुँड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं । बुबा नभएपनि बाल्यकालमा मामाहरुबाट एकप्रकारको अभिभावकत्व पायौं ।

त्यसमा पनि माईलामामाको सरल र सहयोगीपनले आमालाई ७ वटा बचेरा च्यापेर माईतीमा बस्न सहज बनायो । तिमी त्यो व्यक्तीको वीज हौ जोसँग हाम्रो ‘मामाभान्जा’भन्दा गहिरो प्रेम, अग्लो नाता र बलियो सम्बन्ध थियो

मामा बितेपनि आमाले तिमीलाई ‘माईलो भाइ’ मान्नुहुन्थ्यो । माईजुले आमालाई अभिभावक ठान्नुहुन्थ्यो । हामी तिमीमा हाम्रा ती माईलामामाको स्वभाव देख्थ्यौँ जो सोझो, परिश्रमी र प्रेमल हुनुहुन्थ्यो ।

‘रमिते’को लेकमा गोठ बस्दा होस् वा ‘मल्लिंडे’को बेँशीमा खेत जोत्दा होस्, ‘झिलझिले’मा अधियाँ कमाउदा होस् वा ‘दमक’मा बनिबुतो गर्दा होस्, हाम्रा माईलामामाले हाम्री आमालाई यति सहयोग गर्नुभयो कि सायद आमाले कहिल्यै एक्लो महसुस गर्नु भएन । अनि हामीले पनि !

हाम्री आमा अर्थात् ‘ठुल्दिदी’ र तिम्रा बुबा अर्थात् ‘माईलो भाइको प्रेमपुर्ण सम्बन्ध कमै दिदीभाइको हुन्छ होला ! त्यस्तो प्यारो भाइको एकमात्र छोरो, तिमी यस संसारमा छैनौ भन्दा तिम्री ‘ठुली फूपू’ अत्यन्तै मर्माहत हुनुहुन्छ ! हाम्रा सबैभन्दा प्यारा ‘माईलामामा’को पुत्राधिकारी सकियो भन्ने सुन्दा हामी भाव विह्वल भएका छौँ बाबू

मृत्यु शाश्वत सत्य हो तर यति चाँडो हुनुहुन्थेन, विस्मात यसैमा छ । ६ सन्तानको भारी बोकेर दुःखका विकट पहाडबाट छिचोल्दै माइजू बल्ल सुखको श्वास फेर्न खोज्दै हुनुहुन्थ्यो तर तिम्रो देहान्तले उहाँको यात्रामा फेरि डरलाग्दो भीरको उकालो बाटो आईपुगेको छ । माइजू, ५ दिदिहरु, तिम्रा मावली र हामीलाई तिम्रो अभावले सताई रहनेछ । हार्दिक श्रद्धाञ्जली विवेक !

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *