Sunday , November 28 2021
Home / समाचार / फोन उठाउने बित्तिकै `हेलो´ भन्ने चलन कहाँबाट कसरी आयो त ? जान्नुहाेस्

फोन उठाउने बित्तिकै `हेलो´ भन्ने चलन कहाँबाट कसरी आयो त ? जान्नुहाेस्

फोन उठाउने बित्तिकै `हेलो´ भन्ने चलन कहाँबाट कसरी आयो त ? जान्नुहाेस् । मोबाइल वा ल्यान्डलाइनमा कल उठाउँदा हेलो भन्ने शब्द उच्चारण गरिन्छ । किन यसो गरिन्छ त ? यसको एक रमाइलो इतिहास छ ।

अक्सफोर्ड इंग्लिश डिक्सनरीका अनुसार ‘हेलो’ शब्द प्राचीन जर्मन शब्द ‘होला’बाट बनेको हो । ‘होला’को अर्थ हुन्छ ‘के छ ?’ प्राचीन समयमा यस शब्दको प्रयोग सामुुद्रिक यात्राको क्रममा जहाजका मान्छेले गर्थे । अंग्रेजी साहित्यका पिता मानिने जोफ्रे चोसरको पालामा यो शब्द हालो भनी उच्चारण गरिन्थ्यो भने शेक्सपियरको पालामा हालू भनिन्थ्यो ।

पछि यसलाई हालवा, हालूवा, होलो पनि भनियो । टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले १८७६ मा आविष्कारको पेटेन्ट राइट लिएका थिए । पहिलोचोटि उनले आफ्नी प्रेमिकालाई फोन गरे । प्रेमिकाको नाम मार्गरेट ह्यालो थियो । उसैलाई बेलले मायालु पारामा ह्यालो भनी बोलाए । टेलिफोन बजारमा आउन थालेपछि मान्छेले ‘कोही हुनुहुन्छ ?’ भन्थे ।

आफ्नो आवाज फोन गरिएको व्यक्तिले सुन्यो कि सुनेन भन्ने पत्ता लगाउन यो प्रश्न गरिन्थ्यो । तर बेललाई यति लामो शब्दावली प्रयोग गरिएको चित्त बुझेको थिएन । उनले प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई चिट्ठी लेखेर टेलिफोनमा बोलिने पहिलो शब्द हेलो हुनुपर्ने सुझाव दिए ।

टेलिफोनका आविष्कारकको यो सुझाव लागू गर्ने निर्णय भयो र सबैले हेलो भन्न थाले । आजकल त सबैले फोन उठाउनेबित्तिकै हेलो भन्छन् । एकताका टेलिफोन एक्सचेन्जमा काम गर्ने महिलाहरूलाई ‘हेलो गर्ल’ भन्ने गरिन्थ्यो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *