गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे मुख खोलेकी छन् । नायक शाहसंग जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरुको खण्डन गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेकी छन् ।
त्यस्ता समाग्रीले नायक शाहको करिअरमा समेत आच पु¥याउन खोजिएको उनको भनाई छ । ‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।
मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।’ उनले फेसबुकमा लेखेकी छन् ‘हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले समाचार लेख्दा निकै दुखी छु।’
अहिले नायिका पुजा शर्माले पनि यसरी कलाकार बारे सत्य तथ्री नबुझी अरुको जीवनलाई असर पुग्ने कार्य बन्द गर्न सबैलाई आग्रह गरेकी छिन।नायक पलले यसबाट भोग्नु परेको दुख निकै ठूलो भएको समेत उनले बताइन ।
भिडियो हेर्नुस् :-