Sunday , November 28 2021
Home / समाचार / नोभेम्वर ८ मा जापान ‘न्यू ईन्ट्रि’ खुल्ने उच्च सम्भावना

नोभेम्वर ८ मा जापान ‘न्यू ईन्ट्रि’ खुल्ने उच्च सम्भावना

टोकियो।

जापानले नयाँ भिषा प्रवेश खुलाउने भएको छ । न्यू ईन्ट्रि अन्तर्गत नोभेम्वर ८ मा यस बारेमा सरकारले घोषणा गर्ने जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सरकारले नयाँ कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सीमाना नियन्त्रणका उपायहरू अन्तर्गत नयाँ भिषा बाहकको प्रवेशमा रोक लगाउँदै आएको छ ।

निहोन केइजाइ शिम्बुन, ब्लुमबर्ग, एनएचके न्यूज, निक्केई जस्ता संचार माध्यमहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्राविधिक इन्टर्न प्रशिक्षार्थीहरूको लागि प्रवेश खुलाउन सरकारले निर्णय गर्न लागेको उल्लेख गरेका छन् । छोटो अवधिको बसाइको लागि आउने बिजनेस भिषाका व्यावसायिक यात्रीहरुको लागि क्वारिन्टिन नियम समेत केवल ३ दिनमा झारिने भएको छ ।

अधिकारीहरूले विदेशी विद्यार्थीहरूलाई उनीहरूको शिक्षाको लागि जापान प्रवेश गर्न अनुमति दिने भएको याहु न्यूजले उल्लेख गरेको छ । प्रवेश गर्ने विद्यार्थीहरुको उनीहरूका विद्यालयहरूले विवरण राख्न लगाईने भएको छ । जापान सरकारले व्यापारिक प्रयोजनका लागि देशमा आउने अधिकांश खोप लगाइएका मानिसहरूको क्वारिन्टिन अवधि १० दिनबाट घटाएर ३ दिन गर्ने योजना बनाएको छ ।

नयाँ नियमहरू अर्को हप्ता सोमबार अर्थात् नोभेम्वर ८ देखि लागू हुने छ । सरकारले यसअघि कोरोना भाइरसको फैलावटलाई सीमित गर्ने प्रयासको रूपमा विदेशबाट आउनेहरू १४ दिनसम्म सेल्फ क्वरिन्टिनमा बस्नुपर्ने नियम रहेको छ । अक्टोबरमा, सरकारले स्वीकृत गरेको फाइजर, मोडेर्ना वा अस्ट्राजेनेका भ्याक्सिन लगाएका मानिसहरूका लागि यो अवधि घटाएर १० दिनमा सीमित गरिएको थियो ।

नयाँ नियम अनुसार जापान आउने व्यवसायीलाई ३ दिनसम्म सेल्फ क्वारिन्टिनमा बस्न भनिने छ । चौथो दिन पछि उनीहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न र बाहिर निक्लन अनुमति दिइनेछ । तर उनीहरूले व्यवसाय गरिरहेका कम्पनीहरूले उनीहरूको ट्याकिगं राख्नुपर्नेछ । सरकारले यस महिनाको अन्त्यबाट अन्तर्राष्ट्रिय आगमनको सीमा हालको दैनिक ३,५०० बाट बढाएर ५,००० पुर्याउने योजना पनि बनाएको छ ।

पर्यटकहरुलाई यो सुविधा सूचिमा समावेश गरिएको छैन । कामदार वा परिवारको आश्रित (डिपेण्डेन्ट) भिषाबारे भने समाचारमा उल्लेख छैन । विद्यार्थी, प्रशिक्षार्थी कामदार लगायतलाई खुलाउने भएकाले डिपेण्डेन्ट र वर्किगं भिषामा पनि प्रवेश खुलाउने विश्वास गरिएको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *