काठमाडौं, कात्तिक १६ । अवैध रूपमा तस्करी गरी ल्याएको आरोपमा प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार काठमाडौंको गोल्डेन गेट क्षेत्रबाट सञ्जीव दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
उनले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरेको प्रहरीको आरोप छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर-गहना तस्करी हुने गरेको सूचनापछि प्रहरी खटिएको थियो।
सो टोलीले दासबाट १५० ग्राम सुनसहित बरामद गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएको छ।
Read more
काठमाडौं, १६ कात्तिक । एक होटलमा साढे ८ लाख रुपैयाँसहित तीन जना युवा फेला परे । उक्त रकमबारे सोध्दा उनीहरुसँग कुनै स्रोत देखिएन । स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई प्रहरीले अहिले पक्राउ गरेको छ ।
धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।