Sunday , November 28 2021
Home / जीवनशैली / स्वस्थ भएर लामो आयु बाँच्न बिहान के गर्न हुदैन र के गर्नु पर्छ ?

स्वस्थ भएर लामो आयु बाँच्न बिहान के गर्न हुदैन र के गर्नु पर्छ ?

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ ।

यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा

१. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *