Monday , December 6 2021
Home / समाचार / काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फोट, ४ जनाको मृत्यु, थप जानकारी सहित

काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फोट, ४ जनाको मृत्यु, थप जानकारी सहित

काठमाडौं। नेपालीहरुको दोस्रो महान चाड तिहारको चौथो दिन अर्को दुखद घटना घटेको छ । काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फोट भएको छ।

ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको निधन भएको छ।

महानगरीय प्रहरी परिसरका ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नानि निर्जल छन्।

दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो ।

चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो । तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो ।

त्यसपछि भान्सा कोठामा रहेको ग्यास पड्किएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उता राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा भैलो खेलेर हेटौंडातर्फ फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् ।

उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको , राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको,

हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *