Sunday , May 29 2022
Breaking News
Home / समाचार / श्रीमानको गलामा फित्ता बाँधेर श्रीमतीले घुमाइरहेकी थिइन् कारण थाहा पाउदा सबै छक्क

श्रीमानको गलामा फित्ता बाँधेर श्रीमतीले घुमाइरहेकी थिइन् कारण थाहा पाउदा सबै छक्क

ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ ।

‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् ।

आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको सहारामा घुमाइरहेकी थिइन् । आर्थरको अनुहारमा एउटा मुखौटा थियो । लुआना कजाकीका अनुसार उनीहरुले आफूबीच ‘प्रेम र रोमान्स’ बढाउनका लागि यस्तो गरेका थिए ।

एक अन्तरवार्तामा लुआनाले भनिन्, ‘मानिसहरुले के सोच्लान् भनेर मलाई यसमा केही फरक पर्दैन । मैले कुनै गैरकानूनी काम गरेकी होइन । हामीले कसैलाई समस्यामा नपारिकन यस्तो काम गरेका हौं । हाम्रो मान्यता यो छ कि यसले हामीबीचको प्रेम र कामेच्छा बढाउँछ ।’

लुआना आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई बाँध्ने फित्ताजस्तोले बाँधेर घुमाइरहेको देखिए । यो जोडीले फोटोसुट पनि गराए । यतिबेला लुआनाका श्रीमान् कुकुर झैं भुइँमा बसिरहेको देखिए, यसका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.