Monday , January 24 2022
Breaking News
Home / समाचार / जापानमा नयाँ प्रवेशको लागि आवेदन लिन शुरु

जापानमा नयाँ प्रवेशको लागि आवेदन लिन शुरु

टोकियो ।

हालैका दिनमा कोरोना भाइरसको संक्रमण घटेसँगै सरकारले विदेशबाट जापान आउन चाहने नवप्रवेशीहरुका लागि कम्पनी र शैक्षिक संस्थाहरुबाट प्रवेश आवेदन लिन शुरु गरेको छ । कोरोना भाइरसको महामरीबीच जनवरीमा लगाइएको प्रतिबन्ध खुकुलो बनाएपछि आवेदन लिन थालिएको हो ।

सरकारले खोप लगाएका व्यवसायिक यात्रीहरुको लागि क्वारन्टिन अवधि पनि १० दिनबाट घटाएर ३ दिनमा ल्याएको छ । संक्रमणमा कमी आएको अनि व्यवसायिक समुदायबाट उच्च मागका कारण आफूहरुले केही प्रतिबन्ध खुकुलो बनाउनेतर्फ कदम चालेको मन्त्री परिषद्का उप मुख्य सचिवयोशिहिको इसोजाकीले पत्रकार सम्मेलनमा भनेका छन् ।

कम्पनी र शैक्षिक संस्थाहरुले अगाडि नै आवश्यक कागजपत्रहरु बुझाउनु पर्नेछ अनि आगन्तुहरुको सुपरीवेक्षण गर्ने शर्तमा सीमापारबाट व्यक्तिहरु ल्याउन सरकारबाट अनुमति लिनु पर्नेछ । वृद्ध जनसंख्या बढिरहेको अनि समग्रमा जनसंख्या घटिरहेको अवस्थामा कृषि क्षेत्रमा कामदार अभाव देखिएकोले कृषि मन्त्रालयले सोमबारदेखि प्राविधिक प्रशिक्षार्थीहरुबाट आवेदन प्रक्रियासँग सम्बन्धित सोधपुछ लिन थालेको छ ।

कति ओटा आवेदन लिइन्छ भनेर आफूलाई पक्का नभएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । चेकजाँच गर्नै पर्ने कयौं कुराहरु भएकोले आफूहरुको कार्यभार यस अघि कहिले अनुभव नगरिएको स्तरमा पुग्ने अपेक्षा रहेको पनि उनले बताए । जापानमा कहिले प्रवेश मिल्ने हो भनेर स्पष्ट नभएकोले केही कम्पनीहरुले प्राविधिक प्रशिक्षार्थीहरु भर्ना नै त्याग्न थालेको पनि बताइएको छ ।

प्रतिबन्ध खुकुलो बनाएपछि प्रशिक्षार्थीहरु कहिले देखि लिन थाल्ने हो भन्नेबारे सोधपुछका लागि बारम्बार फोन आइरहेको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयमा आवेदनको प्रक्रिया मिलाउने जिम्मा पाएका एक अधिकारीले बताएका छन् । विद्यार्थी, व्यापारी र प्राविधिक प्रशिक्षार्थीका लागि प्रवेश खुकुलो भएपनि पयर्टकहरुमाथिको प्रतिबन्ध कायमै छ । यस वर्षभित्र गतिविधि कसरी नियन्त्रण र निगरानी गर्न सकिन्छ भन्ने कुराको समीक्षा गरेपछि टूर ग्रुपहरुलाई लिन थालिने बारे विचार गरिने बताइएको छ ।

छोटो क्वारन्टिन अवधिको अनुमति पाएकाहरुले जापानमा सरकारले प्रयोगका लागि अनुमति दिएको तीन ओटा कम्पनीको खोप लगाएको हुनु पर्नेछ । कम्पनी तथा संस्थाहरुले पनि संक्रमण विरोधी उपायहरु पालना गर्ने लिखित प्रतिबद्धताका साथै यात्रीहरु जापान आएपछि उनीहरुको भ्रमण गतिविधि पनि उल्लेख गर्नु पर्नेछ ।

छोटो क्वारन्टिन अवधिको लागि अनुमति दिन एक वा दुई हप्ता लाग्न सक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । जापानमा कोभिडका बिरामीको संख्या घटेपछि नयाँ नियम लागू भएको हो ।

About admin

Check Also

खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *