Saturday , November 27 2021
Home / समाचार / केटाहरुले पनि स्कर्ट लगाएर आउन स्कुलको आदेश”

केटाहरुले पनि स्कर्ट लगाएर आउन स्कुलको आदेश”

काठमाडौं। स्पेनमा ह्याशट्याग क्लोथ्सह्या भनोजेन्डर अभियान एक पटक फेरि चर्चामा छ । यहाँको एक स्कुलले लैंगिक समानताको सन्देश दिनको लागि छात्र र छात्राहरु सबैलाई कक्षामा स्कर्ट लगाएर आउन भनेको छ । खासमा केही समय पहिले एक छात्रले स्कर्ट लगाएका कारण उनलाई स्कुलबाट निकालिएको थियो ।

त्यसपछि यो अभियान तीब्र भएको हो । डेली मिररको एक रिपोर्टअनुसार एडिनबर्गको क्यासलभ्यु प्राइमरी स्कुलले छात्र र छात्रा दुवैलाई कक्षामा स्कर्ट लगाएर आउन भनेको छ । त्यसपछि सबै बालबालिकाहरुले वेयर अ स्कर्ट टु स्कुल अभियानमा भाग लिएका छन् । यो क्लोच्स ह्याभ नो जेन्टर अभियान कै एक हिस्सा हो ।

यो अभियान त्यति बेला सुरु भएको थियो जब केही महिना पहिले १५ वर्षका स्कुले छात्रा मिकेर गोमेजलाई क्लासमा स्कर्ट लगाएकोमा स्कुलबाट निकालिएको थियो । अभियान सबै भन्दा पहिले स्पेनिस सहर बिलबा ओमा लञ्च गरिएको थियो । एडिनबर्ग लाइभको रिपोर्टअनुसार क्यासलभ्यु स्कुलका छात्रछात्राहरुको साथमा शिक्षकहरुले पनि स्कर्ट लगाउनेछन्।

उनीहरुले मिकेल गोमेजको समर्थनमा रुढीवादी परम्परा तोड्नको लागि वेयर अ स्कर्ट टु स्कुल अभियानमा भाग लिने निर्णय गरेका हुन् । यस विषय मा स्कुलकी शिक्षिका मिस ह्वाइटले भनिन् ‘स्कुल रुढीवादी परम्परा तोड्ने दिशामा अघि बढिरहेको छ । आकीले वेयर अ स्कर्ट टु स्कुल डे आयोजना गरेका छौं । कसैलाई स्कर्ट लगाउन बाध्य पारिएको छैन ।’

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *