Sunday , November 28 2021
Home / समाचार / एयरहोस्टेसले विमान भित्रै यस्तो कार्य गरिरहेको भिडियो लिक भएपछि….

एयरहोस्टेसले विमान भित्रै यस्तो कार्य गरिरहेको भिडियो लिक भएपछि….

काठमाडौं ।

पाकिस्तान महिलाहरुका लाागि अन्य देशहरुको दाँजोमा कडा भएको समयसमयमा ब्याख्या हुने गर्दछ । पुर्व नोबेल शान्ति पुरस्कार जितेकी मलाला युसुफ पनि पाकिस्तानी नै हुन ।

उनले महिलाहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउदा पटकपटक चरमपन्थी हमलाको शिकार हुनु परेको थियो ।

यो बीचमा अहिले अर्को घटना बाहिर आएको छ । पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई टिकटक भिडियो सेयर गरेको भन्दै अब यस्तो नगर्न चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेकी छिन् ।

एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको हो ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा पोशाकमा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ (चेतावनी) दिइएको जानकारी दिए ।

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् ।

त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको उनको बुझाई रहेको छ ।

उनीहरुले पोशाकमा नै टिकटक भिडियो बनाएका थिए । पुरुष एयरहोस्टेसलेपनि पाइलटको ड्रेस लगाएर साथ दिएका थिए ।

उनीहरुको भिडियोले पेसालाई नै बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाइएको थियो । यद्यपी भिडियोमा भने फिल्मी लभ स्टोरीमा पाइलट र नर्सको प्रेम देखाउन खोजिएको थियो । एजेन्सी

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *