Sunday , November 28 2021
Home / मनोरंजन / टिकटकमा भाईरल ६० बर्षकी आमा कृष्ण तामाङ पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, यस्तो भएपछि अन्तर्वार्तामै धरधरी रोईन (भिडियो हेर्नुस)

टिकटकमा भाईरल ६० बर्षकी आमा कृष्ण तामाङ पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, यस्तो भएपछि अन्तर्वार्तामै धरधरी रोईन (भिडियो हेर्नुस)

यतिबेला टिकटकमा निकै भाईरल छिन्, ६० बर्षकी आमा कृष्ण तामाँग । बेलायतमा बसेर बिभिन्न पारिवारिक बिषयमा रमाईला टिकटक भिडियोहरु बनाउने कृष्ण तामाँग आमालाई सबैले रुचाउँछन् । हालसम्म टिकटकमा उनलाई ७ लाख माथिले फलो गरेका छन् । उनका हरेक भिडियोहरुले दर्शकहरुलाई हसाउने गर्दछ । ६० बर्षको उमेरमा पनि यो जोश देखेर सबै दँग पर्दछन् र सबैले आमालाई सम्मान गर्दछन् । यसैबिच शिशिर भण्डारीको यट्युब च्यानल नयाँ नयाँ न्युज नेपालमा कृष्ण तामाँग आमाले पहिलो पटक अन्तर्वार्ता दिएकी छिन् ।

आफ्नो जीवनको पहिलो अन्तर्वार्तामा के सोध्ने होलान भनेर सुरुमा डराएकी कृष्ण आमाले अन्तर्वार्ता भरी सबैलाई पेट मिचि मिचि हसाईन् । अन्तर्वार्तामै आमा भावुक भएर रोईन् । आफुले उमेरमा दुख गरेको सम्झेर र मलाई पनि माया गर्ने यति धेरै हुनुहुँदो रहेछ भनेर आमाको आँशु खसे । बेलायतमा परिवारसँग मिल्दै आफ्नी आमा श्रीमान र बुहारीहरुसँग रमाईला भिडियोहरु बनाउने आमाले आफुलाई कलाकारितामा पनि रुचि रहेको बताउनु भयो । राजेश हमाल मात्र चिन्नुहुने कृष्ण तामाँग आमाले अहिले टिकटकबाट कमाउने कुरा आफुलाई पत्यार नलागेको बताउन भयो । हरेक सन्दर्भमा हसाउँदै कृष्ण आमाले अन्तर्वार्ताको माहोल नै रमाईलो बनाउनु भयो । भिडियो हेर्नुस

About admin

Check Also

बिदाईको बेला बेहुलीले गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे (भिडियो सहित)

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *