Saturday , November 27 2021
Home / समाचार / यो हो ४ करोडको साइकल ! यस्तो छन् यसका बिशेषताहरु

यो हो ४ करोडको साइकल ! यस्तो छन् यसका बिशेषताहरु

एउटै साइकलको मुल्य ४ करोड रु यो कुरा सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर, यो तथ्य गफ नभएको बास्तविकता हो । तर यो साइकल नेपालमा भने उपलब्ध छैन ।

समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ ।

फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ । मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *