Sunday , November 28 2021
Home / जीवनशैली / जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइ’दा !

जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइ’दा !

दलहन वनस्पतिमा पर्ने बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्द’छन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ । बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै साथै मानव स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । जाडो मौसममा खाइने बदामका फाइदाहरु निम्नानुसार छन् स्

१. तौल घटाउन- बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भए’काले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्याउने गर्दछ । बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ ।

२. क्यान्सरबाट जोगाउन – बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको ख’तराबाट समेत जो’गाउँछ । बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले ट्यु’मर समेत नियन्त्रण गर्दछ ।

३. कोलेस्टोरलमा नियन्त्रण – बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रका’रका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

४. मधुमेहबाट जोगाउँछ – बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

५. डिप्रेसनका लागि उपयोगी – बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ । तसर्थ डिप्रे’सनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

६. शिशु स्वस्थ बनाउन – बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवा’तीदेखि नै बदामको सेवन गर्दछन् ।

७. अन्य विषयमा पनि उपयोगी –बदामको नियमित सेवनले छालामा च’मक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र श’रीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन् । जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट जोगाउँछ ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *