काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यबसायीले जारी राखेको विरो’ध प्रदशनका क्रममा प्र’हरी र कानुन ब्यबसायबीच धके’लाधकेल भएको छ ।
बिहीबार प्रधा’नन्यायाधीश चोलेन्द्र शम्शेर जब’राको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसनका वकिलहरुको धर्ना दिँदै ना’राबाजी गर्नुभएको थियो ।
त्यसलाई व्यबस्थापन गर्ने क्रममा कानुन व्यवसायीहरुले सुरक्षाकर्मीमाथि जबजस्ती गर्नुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
सर्वोच्च प्रवक्त दाहालले कानुन व्यव’सायीले सुरक्षाकर्मीमाथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको बताउनुभयो ।
‘कानुन व्यवसायीमाथि प्रहरी हातपात भएको होइन । प्रशासनिक निर्देशन पनि केही होइन । सुरक्षाकर्मी नियमित सुरक्षाको लागि आफ्नो कर्त’व्य निर्वाह गर्नुभएको हो ।,’
उहाँले भन्नुभयो, ‘कानुन व्यवसायीले सुरक्षाकर्मी माथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको हो ।’ यद्यपी सो क्रममा केही का’नुन बयबसायी घाइते हुनुभएको जनाइएको छ ।
प्रहरीसँगको धकेलाधकेलमा ६ वकिल घा’इ’ते भएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको वि’रोधमा प्रदर्शनमा उत्रिएका वकिल प्रहरीसँग धकिलाधकेल गर्दा घा’इ’ते भएका हुन् ।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल, पुर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई, केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको जानका’री दिइएको छ ।