Sunday , November 28 2021
Home / खेलकुद / टी २० मा पाकिस्तानले जितेको खेल हार्यो, अष्ट्रेलियाले गर्यो अन्तिममा चमत्कार

टी २० मा पाकिस्तानले जितेको खेल हार्यो, अष्ट्रेलियाले गर्यो अन्तिममा चमत्कार

काठमाडौ । टी–२० विश्वकपको बिहिबार राति सम्पन्न दोस्रो सेमीफाइनलमा अस्ट्रेलियाले वाजी मा रे को छ । खेलको अन्तिम क्षणमा अस्ट्रेलियाले आश्चर्यजनक खेल खेल्दै पाकिस्तानलाई नमिठो हार व्यहोर्ने बाध्य बनायो । योसंगै अस्ट्रेलियाको टीम फाइनलमा पुगेको छ र अब उसको प्रतिस्पर्धा न्यीजील्याण्डसंग हुने भएको छ । फाइनल खेल पर्सि आइतबार खेलिंदैछ ।

अस्ट्रेलियाका म्याथ्ये वेडले १९ औं ओभरमा लगातार तीन छक्का प्र हा र गर्दै आफ्नो टीमलाई फाइनलसम्म पुर्याउन सफल भएका हुन् । बिहिबारको खेलमा अस्ट्रेलियालाई २४ बलमा ५० रनको अवश्यकता थियो । खेल पाकिस्तानको पोल्टामा जाने निश्चित प्राय थियो, तर एउटै ओभरले सबै कुरा परिवर्तन गरिदियो ।

खेलको १७ औं ओभरमा अस्ट्रेलियाको टीमले १३ रन बनायो, एम।स्टोइनिसले उक्त ओभरमा एक चौका र एक छक्का लगाए । १८ औं ओभरमा पनि अस्ट्रेलियाले १५ रन बनायो र यो ओभरमा पनि एक छक्का र एक चौका आयो ।

अस्ट्रेलियालाई जब १२ बलमा २२ रनको आवश्यकता थियो, तब म्याथ्युले यस्तो वि ष्फो टक ब्याटिङ गरे, उनको नाम इतिहासमै दर्ता भयो । १९ औं ओभरको तेस्रो बलमा हसन अलीले म्याथ्यूको क्याच छुटाएका थिए

त्यसपछि म्याथ्युले लगातार तीन छक्का प्र हा र गरे र आफ्नो टीमलाई फाइनलमा पुर्याए । खटी–२० विश्वकपको दोस्रो सेमीफाइलनमा पाकिस्तानले १७६ रनको विशाल स्कोर बनाएको थियो । दवावयुक्त खेलमा अस्ट्रेलियाका लागि यो स्कोर ठूलो चुनौती थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले ६७ तथा फखर जमानले ५५ रनको इनिङ खेले । अस्ट्रेलियाका डेविड वार्नरले ४९ रन बनाए । यद्यपि, खेलको उत्तराद्र्धमा मार्कश स्टोइनिस तथा म्याथ्यु वेडले ४० र ४१ रन बनाए । योसंगै टी–२० विश्वकपको फाइनलमा यो पटक अस्ट्रेलिया र न्यूजील्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

About admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *