Sunday , November 28 2021
Home / समाचार / एमाले महाधिवेशन : चन्दा नउठाउने घोषणा गरेको एमालेले कसरी गर्दैछ खर्चको जोहो ? के के हुँदैछ तयारी ?

एमाले महाधिवेशन : चन्दा नउठाउने घोषणा गरेको एमालेले कसरी गर्दैछ खर्चको जोहो ? के के हुँदैछ तयारी ?

काठमाडौ । नेकपा एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–१२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमाले र त्यस निकट भातृ संगठनहरुले पनि तयारी थालेका छन् । प्रचार प्रसारलाई तिब्र बनाइन थालिएको छ भने प्रतिनिधि छनौटको काम अन्तिम चरणमा पुगेको छ । नारायणी नदी किनारमा हुने उद्घाटन हुने महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले यि दुवै क्षेत्रको अवलोकन भ्रमण गरिसकेका छन् ।

गत असोज १५ देखि १७ सम्म गोदावरीमा विधान महाधिवेशन सकिएको थियो । प्रचण्डको गृह जिल्लामा एमाले महाधिवेशन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चितवन नै गृहजिल्ला भएका रामबहादुर थापा ‘बादल’ ब्यवस्थापन समितिका संयोजक छन् भने सुरेन्द्र पाण्डे सहसंयोजक छन् । प्रचण्डलाई मनोवैज्ञानिक रुपमा प्रभाव पार्नका लागि ओलीले महाधिवेशनका लागि चितवन रोजेको केही नेताहरुले बताउन थालेका छन् ।

चितवनमा आयोजना हुने यो महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुने छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नारासहित हुन लागेको महाधिवशेनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।

उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुना सहित ५ लाख जनता उतार्ने बताइएको छ । केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ । राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग हुने भएको छ । दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीले केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी समेत सदस्यमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि, सल्लाहकार परिषदका अन्य सदस्य राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरुलाई मताधिकार नहुने प्रबन्ध गरेको छ । त्यसका लागि क्युआर कोडको ब्यवस्था गरिएको छ । क्युआर कोर्ड भएकाले प्रतिनिधिहरुको ब्यस्थापनका लागि सहज हुने भएको छ ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा
दुई महिलासहित पाँचजनाका दरले निर्वाचित हुने प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि हुनेछन् ।

देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुने बताइएको छ ।

एमालेले महाधिवेशनका लागि चन्दा नउठाउने भएको छ । कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको छ । महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इसेवा र फोन पेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ । यद्यपि स्थानीय कमिटीले नै यातयात खर्च ब्यर्होनुपर्ने भएकाले केन्द्रको अनुमतिमा उनीहरुले आर्थिक संकलन गर्न सक्ने एमाले सचिव योगश भट्टराई बताउँछन् । तर त्यसका लागि केन्द्रको अनुमति लिनुपर्नेछ ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *