Tuesday , January 18 2022
Breaking News
Home / समाचार / हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय पारित भएको घोषणा !

हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय पारित भएको घोषणा !

२५ मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदे व घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *