Saturday , November 27 2021
Home / समाचार / बैंकका सीईओले ‘जोसमा होस्’ गुमाउँदा ५ भाई पक्राउ, के हो घटना ?

बैंकका सीईओले ‘जोसमा होस्’ गुमाउँदा ५ भाई पक्राउ, के हो घटना ?

काठमाडौं – कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाले ‘जोसमा होस्’ गुमाउँदा ५ जना व्यक्ति प्रहरी हिरासतको चिसो कस्टडिमा सडेका छन् ।

फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ साथीले किर्ते लालपूर्जा लिएर आउँदा जोसमै ऋण प्रवाह गरेका कारण अहिले ५ जना प्रहरीको हिरासतमा दिन विताइरहेका छन् । चर्चित गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा किर्ते प्रकरणको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी एसके महर्जन, मुक्तिलाल गौतम र सीइओ तिमिल्सीनाका रुम मेट विचौलिया कुसुम प्रधान छन् ।

के हो घटना ? गायक अमात्य विशेष कामका लागि नेपाल बाहिर थिए । बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा खाली भएपछि धेरैले आँखा लगाउने नै भए । नेपाल फर्किएपछि उनी र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा रहेको जग्गाको किर्ते लालपूर्जा बनाई एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड रुपैयाँ ऋण लिएको चाल पाए ।

आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण समेत निकालेको थाहा पाएपछि उनी यसबारे बुझ्न कुमारी बैंकको न्यूरोड शाखासम्म पनि पुगे । बैंकले प्रष्ट जवाफ नदिएपछि उनी दशैंअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगञ्जस्थित कार्यालयमा पुगेर उजुरी दिए ।

अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा नक्कली धनी पूर्जाका आधारमा प्रवाह गरेको ऋण कुमारी बैंकले उठाइसकेपछि मात्र गायक अमात्यले आफ्नो जग्गाको पूर्जा अर्कैले बनाएको थाहा पाएका थिए ।

नक्कली कागज बनाएर धितो राखेको चाल पाएपछि कुमारी बैंकको बारा शाखाले १९ करोड रुपैयाँ ऋण असूली गरेको पाइएको सीआईबीका निर्देशक धिरजप्रताप सिंहले बताए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बैंकले नक्कली धनी पूर्जा धितो राखिएको थाहा पाएपछि नक्कली जग्गा धनी महर्जनको अर्को जग्गा धितो राखेर ऋण निकाल्न लगाएको थियो र त्यसबाट पुरानो ऋण असूली गरेको पाइएको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *