Monday , January 24 2022
Breaking News
Home / समाचार / कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि आयो यस्तो खुशीको खबर… हेर्नुहाेस्

कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि आयो यस्तो खुशीको खबर… हेर्नुहाेस्

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो । कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो ।

यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ । कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् ।

यो पनिः नेपाली विद्यार्थी मर्कामा कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्नुहुन्छ ।

उहाँ एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुग्नुभयो । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूूरा गर्नुभयो । एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका कारण विश्वविद्यालयकै सल्लाहमा केही समयका लागि भनेर उहाँ सन् २०२० को फेब्रुअरीमा नेपाल फर्कनुभयो ।

तर, फर्कने समय दुई वर्ष बितिसक्दा पनि आएन । उहाँले भन्नुभयो, “लाग्ने खर्च सबै तिरिसकियो, इन्टर्नसिप गर्न नपाउँदा पढेको व्यर्थजस्तो भइसक्यो, कि त नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुप-यो नभए फर्कनका लागि अनुमति सरकारले दिलाइदिनुप-यो ।” उहाँको समूहमा नेपालबाट २३ जना चिकित्सा अध्ययनका लागि चीन पुगेका थिए । तीमध्ये करिब पाँच जना उतै बसे । बाँकी स्वदेश फर्केका थिए ।

उहाँजस्तै चीन सरकारले दिएको छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न चीन पुग्नुभएका बैतडीका अर्जुन जोशी पनि आफ्नो भविष्य अन्योलमा परेको गुनासो गर्नुभयो । हरेकपल अभ्यास गरिरहनुपर्ने विषय हो– इन्जिनिरिङ तर त्यो दुई वर्षअघिदेखि छुटेको छुट्यै छ । चीनको थेन्चिन युनिभर्सिटीले अहिले केही समययता अनलाइन कक्षा सुरु गरेको छ । त्यसले विषयगत ज्ञान दिए पनि त्यसको अभ्यास नहुँदा पढेको कुनै तुक नभएको अनुभव उहाँले सुनाउनुभयो ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *