Sunday , May 29 2022
Breaking News
Home / समाचार / कट्रिनाले आफ्नो विवाहको पहिलो कार्ड सलमानलाई दिइन्, सलमानले भने ‘म तिम्रो विवाहमा आउँदिन्’

कट्रिनाले आफ्नो विवाहको पहिलो कार्ड सलमानलाई दिइन्, सलमानले भने ‘म तिम्रो विवाहमा आउँदिन्’

काठमाडौ । कलिउड नायिका कट्रिना कैफ छिटै विवाह गदैछिन् । प्रेमी विक्की कौशलसंग विवाह गर्न लागेकी हुन् । विवाहको तयारी सकिएको भएपनि उनीहरुले सार्वजनिक रुपमा केही बताएका छैनन् । कट्रिनाको विवाहको खबर सार्वजनिक गर्दा उनको नयाँ फिल्मको खबर छाँयामा पर्ने र त्यसले ब्यवसायमा पनि असर गर्ने भएकाले विवाहको खबर गोप्य राखेकी छन् । यस वर्ष बलिउडमा विवाहको लहर चलेकै बेला कट्रिनाले पनि त्यो अवसरको सदुपयोग गरिन् । कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू।

भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स सेन्सेस फोर्ट बारवरा रिसोर्टमा विवाह गर्नेछन्। दुवै कलाकारका टोली तयारी हेर्न जयपुर पुगेका छन्। विवाहमा नजिकका साथी र परिवारका सदस्यलाई मात्र बोलाइएको छ। कट्रिनाको सबैभन्दा नजिकका साथी सलमान खानलाई उनले आफ्नो विवाहको पहिलो निम्ता दिएकी थिइन् । सलमानको परिवारसंग पनि कट्रिनाको निकै राम्रो स म्ब न्ध छ ।

तर सलमान भने कट्रिनाको विवाहमा नजाने भएका छन् । भारतीय मिडियाले सलमान खान आफ्नो परिवारका साथ यो विवाह कार्यक्रममा सहभागी हुने छैनन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार सलमानले कट्रिना र विक्कीको विवाह छाड्न सक्छन्। तर कारण समाचारमा दिइएको छैन। विवाहको निमन्त्रणा भने सबैभन्दा पहिला सलमान खान र उनको परिवारलाई पठाइएको बताइएको छ।

सबैलाई थाहा भएकै कुरा हो– कट्रिना कैफ र सलमान खानबीच पारिवारिक सम्बन्ध छ। राम्रो होस् वा नराम्रो दुवै समयमा प्रायः कट्रिनाका साथमा सलमान खान हुने गरेका छन्। आफ्नो विवाहमा दुवै कलाकारले बलिउडका साथी र सल्लाहकारलाई बोलाउने भएका छन्। यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित सेट्टीको नाम पनि छ। साथै वरुण धवन र नताशा दलाल पनि विवाहमा सहभागी हुन सक्नेछन्।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.