Sunday , November 28 2021
Home / अन्तरास्ट्रिय / राष्ट्रपति भवनभित्र महिला सैनिक सहकर्मीबाट बलात्कृत

राष्ट्रपति भवनभित्र महिला सैनिक सहकर्मीबाट बलात्कृत

पेरिस (बीबीसी)। फ्रान्समा सरकारी अभियोजनकर्ताहरूले प्यारिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलाfत्कारको घटनाबारे अनुसन्धान गर्न थालेका छन्।

एक महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको स्थानीय सञ्चारमाध्यमसँग बताएकी हुन्।

बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ पनि सहभागी भएका थिए।

आरोपित व्यक्ति पनि सैनिक हुन्। यस विषयमा उनीसँग सोधपुछ गरिएको छ। तर हालसम्म उनीविरुद्ध कुनै अभियोग लगाइएको छैन।

लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको थियो।

पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए। पत्रिकामा जनाइ अनुसार उनीहरू एकअर्कासँग परिचित थिए।

राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचारसंस्थासँग भने, ‘अधिकारीहरूलाई आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालियो।”

अहिले ती दुवै जनालाई अन्यत्र सरुवा गरिएको छ।

के भएको थियो

प्यारिसस्थित बीबीसी संवाददाता ह्यू शोफील्डका अनुसार गत जुलाई १ को साँझ राष्ट्रपति माक्रोँको व्यक्तिगत सुरक्षामा खटेका एक वरिष्ठ सैन्य अधिकारीलाई बिदा गर्न एलीजी दरबारमा उक्त भोज आयोजना गरिएको थियो।

राष्ट्रपति छोटो मन्तव्य राखेर निस्किए। तर पछि मदिरापानको कार्यक्रम चलिरहेको बताइन्छ। सोही कार्यक्रममा एक पुरुष सहकर्मीले आफूसँग यौनिक दुर्व्यवहार गरेको ती महिला सैनिकको दाबी छ।

कथित पीडकलाई “सहायताप्राप्त साक्षी”को रूपमा राखिएको थियो। त्यसको अर्थ उनी अभियोग लाग्नुभन्दा एक चरणअघि छन्।

विभिन्न घटना

केही वर्षयता फ्रान्सको समाजमा यौन दुर्व्यवहारका धेरै घटनाहरू बढ्दो रूपमा बाहिर आइरहेका छन्।

राष्ट्रपति माक्रोँले महिलाविरुद्ध हुने हिंसाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै उनको सरकारले गत मार्चमा भएका केही घटनाको प्रतिक्रियास्वरूप नयाँ कानुनी व्यवस्था अघि सार्‍यो।

आगामी वर्ष एप्रिल मा हुने निर्वाचनमा माक्रोँले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवारी दिने अनुमान गरिएको छ। यद्यपि हालसम्म उनले त्यसबारे औपचारिक घोषणा गरेका छैनन्।

About admin

Check Also

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का

काठमाडौं : पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का …

Leave a Reply

Your email address will not be published. Required fields are marked *