Saturday , November 27 2021
Home / समाचार / गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र अचम्म भयो, एकजना रङ्गेहात पक्राउ

गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र अचम्म भयो, एकजना रङ्गेहात पक्राउ

गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र अचम्म भयो, एकजना रङ्गेहात पक्राउ

काठमाडौं, २८ कात्तिक । गल्छी हुँदै काठमाडौं गईरहेको बसभित्र एकजना रङ्गेहात पक्राउ परेका छन ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरी सोमबार पक्राउ परेका छन् ।

त्रिशुलीबाट गल्छी हुँदै काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अरुणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठकुरी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । (तलपनी हेर्नुहोस)

यस्तै, अवैध लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडी रहेका छन् ।

ति किशोरलाई गौरीगंगा नगरपालिका-९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु सहित ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीलेआइतबार दिउँसो पक्राउ गरेको हो ।

उक्त लागु औषध प्रहरीले ति किशोरलाई चेक जाँच गर्ने पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *