Saturday , July 2 2022
Breaking News
Home / समाचार / आज मंसिर १ गते सार्वजनिक बिदा दिने घोषणा, कारण चाही अनौठो

आज मंसिर १ गते सार्वजनिक बिदा दिने घोषणा, कारण चाही अनौठो

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय गरेको छ । प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।

नगर प्रमुख अशोककुमार मण्डलले प्रचण्डको स्वागतका लागि मंसिर १ गते सार्वजनिक बिदा घोषणा गरेका हुन्। मण्डलका अनुसार प्रचण्ड नगरपालिका अन्तर्गत वडा नं. २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि आउन लागेका हुन्।

त्यहीकारण मंसिर १ गते सार्वजनिक बिदाइ हुने ब्यहोराको सूचना मण्डलले आफ्नै हस्ताक्षरमा प्रकाशित गरेका छन्। उनले सार्वजनिक बिदा हुने भएकाले प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन पनि स्थानीयलाई आग्रह गरेका छन्।

प्रचण्डको स्वागतमा नगरपालिकाले रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा औपचारिक कार्यक्रम तय गरेको छ।

माओवादी केन्द्रको महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन रोक, बुधवारबाट निर्वाचन कार्यालय सञ्चालन

नेकपा माओवादी केन्द्रले आगामी महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ । माओवादी केन्द्रले आगामी पुसको ११–१३ मा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको हो ।

महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।

यसैबीच माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबारबाट सञ्चालनमा ल्याउने भएको छ ।

सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ ।२९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.