Sunday , November 28 2021
Home / समाचार / कस्तो दुखान्त ! श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोराछोरीको सडक दुर्घटनामा मृत्यु

कस्तो दुखान्त ! श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोराछोरीको सडक दुर्घटनामा मृत्यु

भारतको बिहारका लखिसरायमा भयानक सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यी सबै एक दाहसंस्कारमा समावशे भएर सुमो गाडीमा फर्किरहेका बेला ट्रकसँग ठो’क्कि’एपछि दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार भएको स्रोतले बताएको छ । सुमोमा १० जना सवार थिए । जानकारीका अनुसार लालजीत सिंहकी श्रीमती गीता देवीको दाह संस्कारमा समावेश भएपछि चालकसमेत एकै परिवार १० जना सुमो गोल्डमा गाउँ फिर्ता भइरहेको थिए ।

बाटोमा नै खाना पकाउने खाली ग्यासले भरिएको ट्रकसँग उक्त सुमो ठो’क्कि’यो । यसमा गीता देवीका श्रीमान् लालजीत सिंह, जेठो छोरा अमित शेखर उर्फ नेमानी सिंह, कान्छो छोरा रामचन्द्र सिंह, छोरी बेवी देवी, भाञ्जी अनिता देवी तथा चालक प्रितम कुमारको घटनास्थलमा नै मृत्यु भयो ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *