Monday , July 4 2022
Breaking News
Home / समाचार / अर्जेन्टिना विश्वकपमा छनोट हुनबाट रोकियो

अर्जेन्टिना विश्वकपमा छनोट हुनबाट रोकियो

काठमाडौं : ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नुपर्ने हुन्छ ।

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।

About admin

Check Also

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत …

Leave a Reply

Your email address will not be published.