काठमाडौं : हंगेरीका एक व्यक्तिले नेपाली रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी गर्न रेलअघि बसेर आफ्नै खु’ट्टा क’टा’एको खुलेको छ। डेलीमेलका अनुसार स्यान्डोर नाम गरेका ५४ वर्षीय व्यक्तिले रेलअघि बसेर आफ्नै खु’ट्टा क’टा’ए’का थिए। यो घटना सन् २०१४ को हो। उनले हंगेरीको नीरकसजारी गाउँमा रेलको लिगमा राखेर आफ्नो दुवै खु’ट्टा क’टा’ए’का थिए।
यो घटनापछि उनले इन्स्योरेन्स दाबी गर्दै आवेदन दिए। तर, कम्पनीले उनीमाथि शं’का गर्’यो किनकी सोही वर्ष उनले १४ उच्च जोखिमको पोलिसी लिएर इन्स्योरेन्स गराएका थिए।
पछि यो मुद्दा अदालतसम्म पुग्यो। रेलअघि बसेर दुवै खु’ट्टा गु’मा’एर स्यान्डोरले बचत खातामा राख्नुभन्दा इन्स्योरेन्समा पैसा राख्दा राम्रो हुने सल्लाह पाएकाले इन्स्योरेन्स गराएको दाबी गरेका थिए।
यद्यपि सात वर्षको अनुसन्धान र साक्षीसँगको सोधपुछमा उनले जानाजान आफूलाई चो’ट पु’र्या’ए’को निष्कर्ष निस्केको हो। अदालतले स्यान्डोरलाई दुई वर्षको जुेल र झण्डै साढे सात लाख नेपाली रुपैयाँ बराबरको कानुनी प्रक्रियाको खर्चसमेत भुक्तानी गर्न आदेश दिएको छ।