मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।
‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ । किनकी हामी आफ्नो जुम्ल्याहा बच्चाहरु जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दैछौं’, उनले लेखेकी छन् ।
कानुनी रूपमा बाँ’धिएको एउटा समझौता– जहाँ एक महिला (कोख भाडामा दिने आमा) र अन्य व्यक्तिबीच भएको सम्झौताअनुरूप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ।
विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्। कसैको पाठेघरमा वा अन्य शारीरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले वा महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ।
कोही शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तयार हुन्छन्। भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नुपर्छ। संसारभरि यससम्बन्धी नियममा फरकपन पाइन्छ। यो प्रक्रियाबाट बच्चाको जन्म दिनु कतिपय देशमा कानुनसम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ। नेपालमा यो गैर कानुनी हो।
प्रीति जिन्टाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग फेब्रुअरी २९, २०१६ मा लस एन्जलसमा एक निजी समारोहमा विवाह गरिन्। यो विवाह राजपुत शैलीमा भएको थियो।
गो’प्य रूपमा विवाह भएको र उनीहरूको विवाहको तस्बिर पनि करिब ६ महिनापछि मिडियामा आएको थियो। दुवै अमेरिकामा बस्छन्। जिन लस एन्जलसमा पेसाले वित्तीय विश्लेषक हुन्।
प्रीतिको करियरको कुरा गर्दा उनले १९९८ मा आएको फिल्म ‘दिल से’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। २०१८ मा आएको फिल्म ‘भैयाजी सुपरहिट’ उनको अन्तिम फिल्म थियो। प्रितीको करियरको कुरा गर्दा उनले सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’बाट बलिउडमा पाइला चालेकी थिइन् । सन् २०१८ मा रिलिज फिल्म ‘भैयाजी सुपरहिट’ उनको अन्तिम फिल्म हो ।