Saturday , November 27 2021
Home / समाचार / आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ ?

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ ?

काठमाडौं । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।

चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ।

यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । र, आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रहण लाग्ने बताइएको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *