Monday , January 24 2022
Breaking News
Home / समाचार / सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै आज, के गर्ने, के नगर्ने ? थाहा पाउनुहोस्

सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै आज, के गर्ने, के नगर्ने ? थाहा पाउनुहोस्

आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधि|सम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।

यो पटकको चन्द्र ग्रहण`मा चन्द्रमाको ९७ प्रति|शत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधि|को चन्द्र ग्रहण हुनेछ ।

यस`अघि सन् १४४० को फेब्रुअरी १८ मा सबै`भन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।

एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महा`सागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेट|सम्म रहनेछ ।सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

के गर्ने के नगर्ने ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठ|पारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधि|क फल प्राप्त हुने मान्यता छ ।

चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ । यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्प|को योनि हुने र कसैलाई मा`रेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ । तर यसमा वैज्ञानिक सत्यता भने छैन ।

विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ । ग्रहण`को बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसै गरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्य`ता छ ।

ग्रहणको समय`पछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरू`मा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समय`मा पूजा गर्नु हुँदैन। मन्दिरमा पनि ग्रहणको सम`यमा पूजा पाठ बन्द गर्नु पर्छ । यो समय`मा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । – खबर हैं

About admin

Check Also

खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *