Tuesday , January 18 2022
Breaking News
Home / समाचार / नेपालले पनि थप्यो सातामा एकदिन बिदा , आइतबार पनि सार्वजनिक बिदा थपियो !

नेपालले पनि थप्यो सातामा एकदिन बिदा , आइतबार पनि सार्वजनिक बिदा थपियो !

नेपालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ। सरकारी अध्ययन समितिले केहि दिनअघि नेपाल सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा स्वीकृत गर्न सिफारिस गरेको हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिनै गठन गरेर हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गरेको थियो। मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदे व घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको थियो ।

अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी सार्वजनिक बिदा थप गर्न सरकारलाई सिफारिस गरेको बताइएको छ।

हाल नेपालमा हप्तामा एक दिन अर्थात शनिबार मात्र सार्जनिक बिदा दिने गरिएकोमा अब आइतबार पनि बिदा थपिने र त्यसले आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धि गर्दै देशको अर्थतन्त्रमा टेवा पुग्ने सिमितिको ठहर रहेको छ।

संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने प्रचलन रहेको निष्कर्ष निकालेको उक्त समितिले अन्तर्राष्ट्रिय अभ्यास, सन्धी सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानेको छ

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *