Monday , January 24 2022
Breaking News
Home / Uncategorized / डाक्टरले नै यसरी गाईको गोबर क्पाप्प खाए, के-के छन् फाइदा भन्दै बताए (भिडियो हेर्नुस्)

डाक्टरले नै यसरी गाईको गोबर क्पाप्प खाए, के-के छन् फाइदा भन्दै बताए (भिडियो हेर्नुस्)

काठमाडौ । आयुर्वेदमा गाईको गहुँत र पञ्चगव्यको निकै महत्व हुने बताइएको छ । पञ्चगव्यमा गाईको गहुँत, गोबर लगायतका वस्तु मिसाइएको हुन्छ । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर एक जना चिकित्सकले नै गाईको गोबर स्वास्थ्यका लागि निकै फाइदा हुने भन्दै क्वाप्प खाएका छन् । उनको त्यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । ति चिकित्सक छिमेकी मुलुक भारतका हुन् ।

गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको गोबर खाएको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । स्वास्थ्यलाई फाइदा गर्दछ भनेर गोबर खाने ती डाक्टरको नाम मनोज मित्तल भएको बताइएको छ । गौमूत्र तथा गाईको गोबरको सेवनले विभिन्न गम्भीर रोगबाट छुटकारा मिल्ने दाबी उनको छ ।

सोसल मिडियामा भाइरल उक्त भिडियोमा डाक्टर मित्तलले क्यामराकै सामुन्नेमा जमीनबाट गाईको गोबर उठाएर क्वाप्पै खाएको देख्न सकिन्छ । गोबर खाने बेला उनले गोबरका फाइदाका बारमा बखान गरेका छन् । उनी भन्छन्, ‘गाईबाट पञ्चगव्य प्राप्त हुन्छ, जसको एकरएक हिस्सा मनुष्यको लागि फाइदाजनक छ । गाईको गोबर खानाले हाम्रो तनमन शुद्ध हुन्छ । एकपटक मात्र भए पनि गाईको गोबर खानाले हाम्रो आत्मा पवित्र हुन्छ ।’

चिकित्सा डाक्टर भन्नेले नै गाईको गोबरलाई औषधि दाबी गर्दै खाएको उक्त भिडियोका बारेमा सोसल मिडियामा विभिन्न टिकाटिप्पणी भएका छन् । मानिसहरूले उनको त्यस्तो दाबीमा प्रश्न चिह्न खडा गरेका छन् ।

कतिपयले त डाक्टरको पढाइ नै डिग्रीमै प्रश्न उठाएका छन् । केही चाहिँ उनको कुरामा सहमति जनाएका छन् । ती डाक्टरले आफ्नो ट्वीटर प्रोफाइलमा आफू एमबीबीएस तथा एमडी डाक्टर भएको उल्लेख गरेका छन् ।

About admin

Check Also

जित्नकै लागि जन्मन्छन् यी ३ राशिका व्यक्ति, हरेक क्षेत्रमा मिल्छ सफलतै सफलता

सफलता र सुख ज्योतिष शास्त्रलाई मान्ने हो भने जहिले पनि ग्रह स्थितिमा निर्भर हुने गर्छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *