Saturday , November 27 2021
Home / समाचार / चाँडै बिहे गर्ने योजना रहेका अभिनेत्री नम्रता श्रेष्ठको ४ बर्ष देखिको टुट्यो सम्बन्ध

चाँडै बिहे गर्ने योजना रहेका अभिनेत्री नम्रता श्रेष्ठको ४ बर्ष देखिको टुट्यो सम्बन्ध

चकलेटी नायिका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन । डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताईएको थियो। काठमाडौंकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रुपमा पनि चिन्छिन् ।

उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध डिजे तान्त्रिकसँगको स्क्या’न्ड’लपछि धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो ।

प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भएको थियो । प्रेमी दावा स्टिभन शेर्पासँग चार वर्षदेखिको प्रेम सम्बन्ध टुंगिएको हो।

जानकार स्रोतका अनुसार दुई जनाबीच सहमतिमै केही महिनाअघि नै प्रेम सम्बन्ध टुंग्याईएको छ । पर्यटन व्यवसायी प्रेमी शेर्पासँग नायिका नम्रता देश–विदेश घुमेकी थिइन्। चाँडै बिहे गर्ने योजना रहेको समाचारसमेत आएका थियो । तर एकअर्काबीच असहज महसुस हुन थालेपछि सम्बन्ध टुंग्याइएको प्रतिक्रिया नम्रताले दिएकी छन्।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *