कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्या’लयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् ।
कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्या’लय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् । चालु शैक्षिकसत्र असारबाट सुरू भए पनि विद्यार्थीहरूले वैशाख’यता पढ्न पाएका छैनन् ।
लामो बिदापछि बिद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर बिद्यालयमा ताला लगाएको कटा’री नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यामिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।
दसैं तिहारको बिदापछि बि’द्यालयका प्रधानअध्यापक तारणीप्र’साद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधा भन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । विद्यालयमा अध्यायनरत विद्या’र्थीको भविष्य बिग्रेएको भन्दै तालाबन्दी गरेको हो ।
विद्यालय सुधारका ला’गि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गति’विधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधाना’ध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्यायनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् ।