Monday , December 6 2021
Home / समाचार / जो काठमाडौं आउंदै थिए , तर बाटैमा अस्ताए

जो काठमाडौं आउंदै थिए , तर बाटैमा अस्ताए

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दु’र्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृ’त्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

दुर्घ’टनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ ग’म्भीर घा’इते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार श’व परीक्षणका लागि धुलिखेल लगिएको छ ।(फाइल फोटो)

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *