Sunday , November 28 2021
Home / Uncategorized / फेवा किनारमा भिषण आ’गलागी

फेवा किनारमा भिषण आ’गलागी

पोखरा : पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आ’गला’गी हुँदा पाँच पसलमा क्ष’ति पुगेको छ । । ताल किनारमा रहेका रेष्टुरेण्ट आ’गला’गी हुँदा पाँचवटा रेष्टुरेण्ट ज’लेर न’ष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा ज’लेका छन् । डेढ करोड भन्दा बढी क्ष’ति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्ष’तिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आ’गो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आ’गला’गीको कारण खुलेको छैन ।

साेमबार बिहान ३ बजेदेखि आ’गो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आ’गो नियन्त्रणमा आएको थियो । वि’द्युत स’र्ट भएर आ’गो ला’गेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेकाे छैन । फाइल तस्विर

त्यस्तै बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा सबै दशरथचन्द –६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस्तै दुर्घटनामा परी दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । द्रुत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ ।

About admin

Check Also

पुजा शर्माको भावुक अन्तरवार्ता : ‘जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो, मेरो जिवनको ४ वर्ष मेट्न चाहन्छु’ (भिडियो हेर्नुस्

काठमाडौ । अभिनेत्री पुजा शर्मा बेला बेलामा विवादित हुन्छिन् । निकै खुलेर कुरा गर्न मन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *