Wednesday , August 17 2022
Breaking News
Home / समाचार / चितवन पुगेर धुर्मुसलाई अर्थमन्त्रीले भनेः निराश नहुनुस् अघि बढ्नुस्, रंगशाला बनाउन सरकारले सहयोग गर्छ

चितवन पुगेर धुर्मुसलाई अर्थमन्त्रीले भनेः निराश नहुनुस् अघि बढ्नुस्, रंगशाला बनाउन सरकारले सहयोग गर्छ

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”रासस

About admin

Check Also

पत्नि मधुलाई लिएर दुबई उड्नु अघि राजेश हमालले खाए यस्तो वाचा कसम

काठमाडौँ । महानायक राजेश हमालले फिल्ममा बाबुको भूमिकामा अभिनय खेल्न अस्विकार गरेता पनि चिकित्सक बन्न …

Leave a Reply

Your email address will not be published.