Sunday , November 28 2021
Home / आर्थिक / ह्वात्तै बढ्यो क्रसफायर बाइकको मूल्य, कुन मोडलको मूल्य अब कति ?

ह्वात्तै बढ्यो क्रसफायर बाइकको मूल्य, कुन मोडलको मूल्य अब कति ?

काठमाडौं : नेपाली बजारमा क्रसफायर बाइकको मूल्य बढेको छ।नेपालको लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालीले आइतबारदेखि लागु हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। कम्पनीले क्रसफायरको चार वटा मोडलको मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि हुनेमध्ये क्रसफायर आरएम२५०, एचजे २५०, ट्र्याकर २५० र इटालिकामोटो फर्मुला १५० हुन्। यी बाइकहरूमा १० हजारदेखि २७ हजार सम्मले मूल्य बढेको छ ।

क्रसफायरका विभिन्न मोडलका बाइक युवा पुस्तामाझ चर्चित बाइक हो । यसको आकर्षक डिजाइन, स्पोर्टी लुक्स, पावर र पर्फर्मेन्सका कारण यो बाइक धेरैको रोजाइमा पर्ने कम्पनी बताउँ छ । आइतबार देखि मात्रै कम्पनीले क्रसफायरको नयाँ ट्र्याकर २५० को डेलिभरी सुरु गरेको छ। यो बाइक डर्ट बाइकमध्ये किफायती हुने अनुमान लगाइएको छ। बाइकको नयाँ मूल्य सूची यस प्रकारको छः

क्रसफायस आरएम२५ (पुरानो मूल्य) ७,२५,००० (नयाँ मूल्य) ७,४८,०००
क्रसफायर एचजे २५० (पुरानो मूल्य) ६,५५,००० (नयाँ मूल्य) ६,७०,०००
क्रसफायर ट्र्याकर २५० (पुरानो मूल्य) ३,४८,००० (नयाँ मूल्य) ३,७५,०००
इटालिकामोटो फर्मुला १५० (पुरानो मूल्य) ३,१०,००० (नयाँ मूल्य) ३,२०,०००

About admin

Check Also

आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *