Saturday , May 28 2022
Breaking News
Home / समाचार / महाधिवशनको मुखैमा एमालेका चर्चित नेताले दिए राजीनामा, तनावमा ओली

महाधिवशनको मुखैमा एमालेका चर्चित नेताले दिए राजीनामा, तनावमा ओली

काठमाडौँ । नेकपा एमालेका एक चर्चित नेताले पार्टीबाट राजीनामा दिएका छन् । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा धाधली भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

नेकपा एमाले रुपन्देहीका चर्चित नेताले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्

मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन्

About admin

Check Also

पेट्रोलियम पदार्थमा कर घटाइँदै

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले …

Leave a Reply

Your email address will not be published.