मोटरसाइकलमा हिंडिरहेका थिए महेन्द्र र सूर्यबहादुर ! शंका लागेर झोला हेर्दा छक्क पर्यो प्रहरी
काठमाडौं, मंसिर ७ । प्रहरीले ३१ र ३८ बर्षका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाका महेन्द्र खड्का र राजपुर गाउँपालिका ६ का सूर्यबहादुर चौधरी रहेका छन् ।
गोप्य सुचनाको आधारमा प्रहरीले आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
रिजालका अनुसार चितुवाको टाउकोदेखी पुच्छरसम्मको ८ फिट २ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको छालासहित उनिहरुलाई पक्राउ गरिएको हो ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको उनीहरू सवार रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोला तलासी गर्ने क्रममा चितुवाको एक थान छाला बरामद भएको रिजालले बताए।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।