Saturday , November 27 2021
Home / प्रमुख समाचार / यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यस्तै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति देशका पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

About admin

Check Also

आज र भोलि दुई दिन सा’र्वजनिक बिदा, यस्तो छ कारण

काठमाडाै‌ । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। मेलौली नगरपालिकाले बुधबार सूचना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *