काठमाडौ । सडक दुर्घटनामा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताको निधन भएको छ । बुटवलमा बसको ठ क्क रवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य राम प्रसाद बन्जाडे (टङ्कमणि) को निधन भएको हो । मंगलबार राति ९ बजेतिर बुटवलको जितगढिमा सडक दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीले जानकारी दिए।
बुटवल बेलबास निवासी ५५ वर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठ क्क र दिएको प्रहरीले जनाएको छ।
बन्जाडे मोटरसाइकलको पछाडि बसेका थिए। बसको ठ क्क रबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको हो। मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन्।