Saturday , November 27 2021
Home / समाचार / अमेरिकामा शपिङ गर्न गएकी जापानकी राजकुमारी बाटो बिर्सिएर हराइन्

अमेरिकामा शपिङ गर्न गएकी जापानकी राजकुमारी बाटो बिर्सिएर हराइन्

काठमाडौं। जापानकी राजकुमारी माकोले राजकुमारीको भव्य जीवन र करोडौंको सम्पत्ति छोडेर सामान्य व्यक्तिसँग बिहे गरेकी थिइन् । माको अहिले आफ्ना पति केइ कोमुरोसँग जापान छोरेर अमेरिका गएर बसेकी छिन् ।

यही बीचमा न्यूयोर्क शहरको एक मलमा उनी शपिङ गरिरहेकी देखिइन् । माको कुनै सुरक्षा बिना सामान्य मानिसजस्तै किनमेल गरिरहेको देखिएको यो पहिलो पटक हो ।

३० वर्षकी पूर्व राजकुमारी माकालाई न्यूयोर्क सहरमा शपिङ गरिरहेको अवस्थामा बेलायती अखबार डेलीमेलका फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरे । मलमा माकोले भान्छाका सामानसहित अन्य घरेलु उपयोगका सामान किनिरहेकी थिइन् ।

माकोले करिब डेढ घण्टा मलमा बिताइन् । यस क्रममा उनले नुहाउनको लागि टावेल, कोट ह्याङ्.गर, बास्केट र अन्य वस्तुहरु किनिन् ।

शुक्रबार आउटिङका क्रममा माको एक्लै थिइन् । उनको साथमा कुनै सुरक्षाकर्मी देखिएनन् । उनी आफ्नो शपिङ कार्टको साथमा स्टोरमा घुम्दै किनमेल गरिरहेकी थिइन् । मास्क लगाएकी माकोले एउटा लामो हरियो कोट, नीलो जिन्स लगाएकी थिइन् ।

उनको लुक निकै साधारण थियो । डेलीमेलका अनुसार शपिङका लागि निस्किएकी माकोले बाटो समेत बिराइन् । उनले कैयौं मानिसहरुसँग बाटो सोध्नुपर्यो ।

उनी ठूलो न्यूयोर्क सहरमा हराइरहेकी जस्ती देखिइन् । यस्तो लागिरहेको थियो कि उनलाई उनी कहाँ गइरहेकी थिइन् भन्ने थाहा थिएन । तर, साँझ ६ बजेतिरसम्म उनी आफ्नो अपार्टमेन्टमा फर्केर आइन् । माको र कोमुरोले गत महिना बिहे गरेका थिए ।

माको शाही खानदानकी हुन् भने कोमुरो सामान्य परिवारका हुन् । जापानको शाही नियमअनुसार सामान्य व्यक्तिसँग बिहे गरेपछि माकोले शाही दर्जा गुमाइसकेकी छिन् ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *