Monday , December 6 2021
Home / समाचार / विहानै भुकम्पको धक्काले सर्वसाधारण डराए, घरवाट निस्किए सडकमा

विहानै भुकम्पको धक्काले सर्वसाधारण डराए, घरवाट निस्किए सडकमा

एका विहानै भुकम्पको धक्का महशुष भएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । शुक्रबार बिहान पूर्वोत्तर भारतमा भूकम्प गएको हो । निकै ठूलो हलचल महशुष भएपछि सर्वसाधारण डराएका थिए । म्यानमार र भारतको सीमा क्षेत्रमा ६।१ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ । आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको केन्द्रबिन्दु रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतको कोलकातामा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *