Tuesday , January 18 2022
Breaking News
Home / Uncategorized / अन्टार्कटिका – एक रहस्यमय ठाउँ, जहाँ अमेरिकाले भेट्यो एक ध्रुवबाट अर्को ध्रुव पुग्ने हवाइयान

अन्टार्कटिका – एक रहस्यमय ठाउँ, जहाँ अमेरिकाले भेट्यो एक ध्रुवबाट अर्को ध्रुव पुग्ने हवाइयान

अन्टार्कटिका महाद्विपमा प्रायः जसो जमिन खोजी गरिसकिएकै छैन । मतलब कि यसभित्र अथवा यहाँको बरफ मुनि के छ कसैलाई पनि थाहा छैन । यस महाद्विपभित्र हाम्रो पृथ्वीको भूतकाल र भविष्यको कति रहस्य लुकेको छ भन्ने बारे कसैले जान्नै सकेकै छैन । र, यसै कारण आन्टर्टिका एक रहस्यमय ठाउँ हो भनिन्छ । यसको बारेमा जानकारी लिन अति आवश्यक छ ।

पृथ्वीको दक्षिणी ध्रुवमा एक करोड बयालीस लाख वर्ग कि.मी. (1.42 sq. km) क्षेत्रफलको भू-भाग अन्टार्कटिकाले ओगटेको छ । सातै वटा महाद्वीपलाई आकारको हिसाबले तुलना गर्ने हो भने, यो महादीप पाँचौं स्थानमा पर्छ । यस क्षेत्रको ९८% भू-भाग बरफले ढाकिएको छ । ढाकिएको बरफको पत्र लगभग २ कि.मी. जति मोटो छ । यहाँ केवल १,००० – ५,००० मानिस मात्र बसोबास गर्छन् । ती मानिसहरु पनि त्यहाँको स्थायी रुपमा बसोबास गर्ने होइनन्, त्यहाँ अध्ययन र अनुसन्धान गर्न गएका मानिसहरु हुन् ।

अन्टार्कटिकामा लगभग चौध लाख वर्ष (1.4 million years) बाट पानी परेको छैन । सन् १८२० भन्दा पहिले त यस महाद्विपको बारेमा कसैलाई थाहा पनि थिएन । पत्ता लागेको पनि धेरै समय पछि मात्रै मानिस त्यहाँ पुग्न सकेको थियो । सन् १८९५ मा नर्वेको एक टिमले पहिलो पटक त्यहाँ पाइला राखेका थिए । अन्टार्कटिकामा युरोप र दक्षिण अमेरिकाको कतिपय देशहरु अधिकार जमाउछन् । तर, भनिन्छ अन्टार्टिका सन १८२० भन्दा अगाडि नै पत्ता लागिसकेको थियो । यस भनाईलाई पुष्टि गर्ने प्रमाणहरु पनि छन् ।

अटोमन शासकले १५१३ मा नक्सा बनाइएको थियो, जसलाई पिरी रेस म्याप भनिन्छ । उक्त नक्सामा अन्टार्कटिकाको भू-भाग पनि दर्शाइएको छ । उक्त नक्सालाई जुन Cartographer ले बनाएका थिए, उनले आफैं घुमेर अथवा field study गरेर कोरेका थिएनन् । उक्त नक्सा निर्माण गर्न विभिन्न नक्साहरुको सहयोग लिएका थिए । यसको अर्थ यो हो कि अन्टार्टिका त्यसभन्दा अगाडि नै पत्ता लागिसकेको थियो । यो नक्सा (Piri Reis) १९२९ मा एक पुस्तकालयमा भेटिएको थियो । यसमा दक्षिण अमेरिका र अन्टार्टिका को केही क्षेत्र अहिलेको आधुनिक नक्सासँग मिल्ने गरि देखाइएको थियो । डाक्टर जोन, जो डेनभर विश्वविद्यालय, कोलोराडोमा भुगर्भका प्रेोफेसर हुन्, उनका अनुसार हामीले पत्ता लगाएको इतिहास भन्दा अगाडि नै अन्टार्कटिकाको खोज गरिसकेका थियौं ।

यति मात्र होइन, यो पनि भनिन्छ कि जसरी पिरी रेस म्यापमा अन्टार्कटिकाको वर्णन छ, त्यो हिसाबले हेर्ने हो भने त्यो समयमा अन्टार्कटिकामा जीवन सम्भव थियो । वैज्ञानिकहरुले जब अन्टार्कटिकामा रिसर्च गरे, तब उनीहरुले आजभन्दा एक करोड बीस लाख वर्ष अगाडि अन्टार्कटिकाको वातावरण यस्तो थियो कि त्यहाँ रुखविरुवा पनि रहेको हुनसक्ने निष्कर्ष निकालेका छन् । त्यही पिरी रेस म्यापले यो दर्शाउँछ कि केही शताब्दी अगाडिसम्म पनि अन्टार्टिका अहिलेको समयको भन्दा निकै न्यानो थियो ।

त्यस्तै, अन्टार्टिकामा पाइएको केही ४ भित्ते पिरामीडले हाम्रो अन्टार्कटिकालाई लिएर बनेको उत्सुकतालाई अझै बढाइदिएको छ । यसलाई लिएर केही भनाइहरु यस्ता पनि छन् कि – यो कुनै एलियनद्वारा बनाइएको संरचना हो । कोहि यो पनि भन्छन् कि – यो केवल nunatak हो । Nunatak पत्थरको पहाडलाई भन्दछन्, जुन हिउँले ढाकिएको हुन्छ । तर, यो पिरामिडको संरचनालाई हेर्दा लाग्दैन कि यो प्राकृतिक हो । यी हेर्दा मानव निर्मित जस्तै देखिन्छन् । केही सिद्धान्तहरु पनि यसै भन्छन् – यो एलियनद्वारा निर्माण गरिएको हो । र, यसको भित्रपट्टी एलियन्स सभ्यता पनि हुन सक्छ । सायद, अटोमनहरुसँग उनीहरुको संपर्क भएको हुँदो हो ।

त्यस्तै, अन्टार्कटिकाको केही फोटोमा बरफले ढाकिएको टेन्टहरु पनि देखिएको छ, जो यस कुराको प्रमाण हुन् कि अन्टार्टिकामा सैन्य गतिविधिहरु पनि छन् । दोस्रो विश्वयुद्धको समयका केही प्रमाणहरु अनुसार नाजी सेना अन्टार्कटिका आएका थिए र उनीहरुले यहाँ आफ्नो बेस बनाएका थिए । यसबाट उनीहरुको एलियनहरुको प्रबिधिको बारेमा पत्ता लगाउने लक्ष्य थियो । अमेरिकी जलसेना को एक अपरेसनको बेला रिचार्ड इ ब्रायड अन्टार्कटिका गएका थिए । उनले त्यहाँ केही यस्तो हवाइयान देखे जुन एक ध्रुवबाट अर्को ध्रुवसम्म एकदमै द्रुत गतिले यात्रा गर्न सक्थे । यी कुराहरुले यो दर्शाउछन् कि नाजी सेनाहरुले अन्टार्कटिकाबाट पनि हमला गरिरहेका थिए ।

About admin

Check Also

५० वर्ष पुग्नै लाग्दा पनि जवान अभिनेत्री मलाइकाको यही बोटल हो राज, आखिर यो के छ !

काठमाडौं । उमेरले ५० वर्ष पुग्नै लाग्दा पनि बलिउड अभिनेत्री मलाइका अरोडा जवान छिन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *