Tuesday , January 18 2022
Breaking News
Home / समाचार / सबै विद्यालय बन्द !

सबै विद्यालय बन्द !

काठमाडौं । एमाले महाधिवेशनको असर कपिलवस्तुको विद्यालयमा अध्यानरत विद्यार्थीहरुको पढाईमा परेको छ । चितवनमा जारी एमालेको दशौं महाधिवेशनका लागि शिक्षकहरु गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीयको भनाई छ ।

विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुवनेश्वरी माविलगायतका विद्यालय बन्द भएको छ ।

विजयनगरका स्थानीय तेजप्रसाद पौडेलले विद्यालयमा परीक्षा सञ्चालन भइरहेको समयमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको बताए ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *