एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्या’न्डि’ङ गि’यरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्या’न्डि’ङ गि’य’रमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्या’न्डि’ङ गि’य’रमा ब’सेर ती व्यक्ति मियामी पुगेका थिए ।
२६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गि’य’रमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जी’वि’तै फे’ला पर्नु दु’र्लभ घ’टना भएको अधिकारीहरुले बताएका छन् ।
निकै त्र’सित मु’द्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पा’ङ’ग्रा वा ल्या’न्डिङ गि’य’रमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृ’त्यु भ’ए’को छ भने २९ जना घाइते भएका छन् ।
यता , अहिले संसारभरिको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।
ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको हो। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन्। अहिले युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्। द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरियन्टले दुइटा त्रा स सिर्जना गरेको छ।
पहिलो, यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो। देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो। अहिले भेटिने अधिकांश संक्रमितमा डेल्टा भेरियन्ट हुन्छ।
डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने देखिएको छ। डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन्।
दोस्रो, अहिले प्रयोगमा आइरहेका भाईरसविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरियन्टविरूद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने ड र छ। ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। भ्याक्सिन निर्माता कम्पनी फाइजर र बायोएन्डटेकले ६ साताभित्र नयाँ भेरियन्टविरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र एक सयदिनभित्र पहिलोमात्र डेलिभरी गर्न सक्ने बताएको छ।