Saturday , May 28 2022
Breaking News
Home / अन्तरास्ट्रिय / युएइमा अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन

युएइमा अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन

काठमाडौं। संयुक्त अरब इमिरेट्ले आफ्नो देशको कानुनी प्रणालीमा व्यापक सुधारको लागि स्वीकृति दिएको छ । यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताका साथै अवसरहरुमा वृद्धि गर्नु भएको बताइएको छ ।

एक आधिकारिक घोषणाका अनुसार यो कानुनी सुधार अन्तर्गत ४० वटा फरक फरक कानुनमा सुधार गरिनेछ । यस हिसाबले संयुक्त अरब इमिरेट्समा भएको यो अहिलेसम्मकै ठूलो कानुनी सुधार हो ।

अमिरात न्यूज एजेन्सीका अनुसार यो नयाँ कानुन ‘इयर अफ द ५०’को क्रममा आएको हो र यसको उद्देश्य युइएका विकासात्मक उपलब्धीहरुसँग तालमेल कायम गर्नु हो । साथमा भविष्यका योजनाहरुको लागि पनि आधार दिनु हो ।

डब्लुएएमको रिपोर्टअनुसार कानुनमा संशोधनको उद्देश्य लगानी, व्यापार र उद्योग, संरक्षण, प्रतिलिपि अधिकार, ट्रेडमार्क, ट्रस्ट सेवाहरु र निवास सहित विभिन्न क्षेत्रमा कानुनी संरचनालाई विकसित र स्थापित गर्नु हो । यसका अलावा सामाजिक स्तरमा सुधारको लागि पनि यी कानुनहरुलाई महत्वपूर्ण मानिएको छ ।

यो सुधार अन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा, नशालु पदार्थको उत्पादन, बिक्री र उपयोगलाई नियन्त्रित गर्नको लागि कानुन ल्याइएका छन् । नयाँ कानुनमा बलात्कारको सजायलाई पनि कडा बनाइएको छ ।

नयाँ संघीय अपराध तथा सजाय कानुन अनुसार बलात्कार वा सहमति बिना शारीरिक सम्बन्धका आरोपीलाई आजीवन कारावासको व्यवस्था गरिएको छ ।

यो नयाँ कानुनअनुसार यदि पीडितको उमेर १८ वर्षभन्दा कम छ वा पीडित विकलांग छन् भने आरोपीको सजायलाई बढाएर मृत्युदण्ड पनि दिइन सक्छ । युएइको सरकारी मिडियाका अनुसार शेख खलीमा बिन जायद अल नाहयानले देशको कानुनी

प्रणालीमा व्यापक सुधारलाई स्वीकृति दिए । कानुनमा संशोधन र नयाँ कानुन ल्याएर महिला र घरेलु कामदारको सुरक्षा अझै राम्रो बनाउने प्रयास गरिएको छ । यी कानुन २ जनवरी २०२२ देखि पूर्ण रुपमा लागू गरिनेछन् ।

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.