Sunday , May 22 2022
Breaking News
Home / समाचार / डिसेम्बर १ मा अष्ट्रेलिया खोल्ने कि नखोल्ने निर्णय गर्न आपतकालिन बैठक बस्दै

डिसेम्बर १ मा अष्ट्रेलिया खोल्ने कि नखोल्ने निर्णय गर्न आपतकालिन बैठक बस्दै

क्यानबेरा : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको नयाँ प्रजाति ओमिक्रोनले पार्ने असर बारे निर्णय लिन निकै चाडो हुने बताएकाछन् ।

अहिलेनै सो भाइरसबारे धेरै कुरा थाहा नभएकाले आत्तिने भन्दा पनि संयम र सचेत रहनुपर्नेमा उनले जोडदिए । ओमिक्रोन भाइरस बारे तथ्य र सुचनाहरु संकलन गर्ने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाई छ । यसअघि पनि अष्ट्रेलियामा धेरै खाले प्रजातिका कोरोना भाइरस भेटिसकेको भन्दै अष्ट्रेलिया अहिले पहिलेको जस्तो अवस्थामा नरहेको समेत जिकिर गरे । अहिले अष्ट्रेलियामा दुबै खोप लगाउने १६ वर्षभन्दा माथिको संख्या ८६ प्रतिशत नाघिसकेको भन्दै प्रधानमन्त्रीले नआत्तिन आग्रह गरे ।

यसैबिच डिसेम्बर १ बाट विद्यार्थी, दक्ष कामदार लगायत २८ वटा भिषाधारीका लागि खुल्न लागेको सिमा के गर्ने भन्ने अन्यौता छाएको छ । डिसेम्बर १ बाट सो भिषाधारी पुरा खोप लगाउनेहरुलाई आउन दिने घोषणा भएको थियो । यसबारे निर्णय लिन प्रधानमन्त्रीले राष्ट्रिय मन्त्रिपरिषदको आपत्तकालिन बैठक बोलाएका छन् । त्यस्तै राष्ट्रिय सुरक्षा समितिको समेत बैठक बस्दै छ ।

आज अबेर वा भोली बिहानसम्म बैठक बसेर डिसेम्बर १ मा सिमाना के गर्ने भन्ने निर्णय गरिने बताइएको छ । ओमिक्रोन देखिएसंगै अष्ट्रेलियाले दक्षिण अफ्रिकाका ९ देशसंग सिमा बन्द गरिसकेको छ भने, अन्य देशबाट आउने पुरा खोप लगाएका यात्रुलाई ७२ घण्टा आइसोलेसनमा बस्नुपर्ने नियम लागू भइसकेको छ ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.