Saturday , May 28 2022
Breaking News
Home / समाचार / बिदेश बाट फर्किने नेपालीहरु होसियार ! त्रिभुवन विमानस्थलले जारि गर्यो यस्तो सुचना

बिदेश बाट फर्किने नेपालीहरु होसियार ! त्रिभुवन विमानस्थलले जारि गर्यो यस्तो सुचना

बिदेश बाट फर्किने नेपालीहरु होसियार ! त्रिभुवन विमानस्थलले जारि गर्यो यस्तो सुचना

निरु गौतम , विदेशबाट नेपाल आउने यात्रुहरूको लागि नेपाल सरकार को त्रिभुवन विमानस्थल भन्सार कार्यालय ले महत्वपूर्ण सुचना जारि गरेको छ । पछिल्लो समय तस्करहरुले नेपालि यात्रु लक्छित गरेर काचो सुनलाई बालाको आकार दिएर विमानस्थल बाट नेपाल छिराएको छर्लङ्ग जस्तै थियो । यहि कुरालाई मध्यनजर गर्दै मंगलवार एकैचोटी २१ किलो सुन समातेको थियो । सुन समाते सगै त्रिभुवन विमानस्थलले नया सुचना जारि गरेको छ । हेर्नुहोस सुचना

अत्यन्त जरुरी सूचन

त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल आउने नेपाली यात्रुहरूले प्रचलित कानूनले दिएको सुविधा भन्दा बढी परिमाण र स्वरूपमा आफ्नो साथमा सून तथा सूनका गहना, मोबाईल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको र सोउपर कानून बमोजिम कारवाही हुँदा यात्रुहरूले प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवम् अन्य अपरिचित व्यक्तिले ललाई फकाई त्यस्ता सामाग्री पठाउने गरेको भनी बयान दिने गरेकोतर्फ यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ।

नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७७ जेष्ठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि उल्लिखित मालवस्तु देहाय बमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउनेछन् १. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म

५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढ़ी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने

१०० ग्रामसम्मलाई भन्सार

. व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम महशुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने

२. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने) ३. व्यक्तिगत प्रयोगको मोबाईल फोन १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने)

४. मदिरा १ लिटरसम्मको बोतल १ (सोभन्दा बढी परिमाणको मदिरा जफत गरिने)

यस सम्बन्धी विस्तृत जानकारी नेपाल राजपत्र (Link) मा हेर्नुहुन समेत अनुरोध गरिन्छ ।

साथै विगतमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु (जस्तैः टर्चलाईट, आईरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्याईदिन भनी अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानून बमोजिम कारवाही भोग्नु परेको अवस्था छ।

अतः त्यस्तो मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाईएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिनु / नंल्याउनुहुनुसमेत यस कार्यालय अनुरोध गर्दछ। यससम्बन्धी थप जानकारीको लागि:

फोन नं. ४११३२६६ / मोबाईल नं. ९८५१२७७३८२ (त्रि.वि. स्थल भन्सार कार्यालय, यात्रु जाँचपास काउण्टर)

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.